झापामा विभिन्न हातहतियारसहित चार जना भारतीय नागरिक पक्राउ

झापामा विभिन्न हातहतियारसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारत घर भएका २० वर्षीय ओम साहसहित चार जना भारतीय नागरिकलाई फलाम र काठले बनेको एयर गन जस्तो देखिने बन्दुक २ थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन १ थान, गोली जस्तो देखिने वस्तु १ सय ७० राउण्ड र छर्रा गोली ५० राउण्डसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको बिओपी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close