Murti

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का भ्रमणमा जादै

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का भ्रमणमा जादै हुनुहुन्छ ।
श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन पौडेल आज कोलोम्बो प्रस्थान गर्न लाग्नु भएको हो।
समकक्षी एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उनी श्रीलङ्का जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउने कार्यक्रम रहेको छ।
उहाँले त्यहाँ रहदा श्रीलङ्काका राष्ट्रपति रनिल बिक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुनवर्द्धनसँग शिष्टाचार भेट गर्ने तयारी छ।
त्यसक्रममा उहाँराष्ट्रपति भवनमा श्रीलङ्काका राष्ट्रपतिले आयोजना गर्ने स्वागत समारोहमा सरिक हुनुहुने छ। उहाँको आइतबार स्वदेश फर्कने कार्यक्रम छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको श्रीलङ्काको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close