संसद् भवन अगाडि युवकद्वारा आत्मदाहको प्रयास

काठमाडौंमा रहेको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको प्रहरीले जनाएको छ।
उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ ।
३६ वर्षीय उनले आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close