माओवादी केन्द्रको प्रदेश अध्यक्ष चयनमा सकस,

सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सम्मेलनबाट नेतृत्व चयन गर्न सकस भैरहेको छ । मंसिर २५ गते उद्घाटन भएको सम्मेलनले ४ दिनसम्म नेतृत्व चयन गर्न सकेको छैन ।
कर्णाली प्रदेश कार्यसमितिका अध्यक्षका लागि आकांक्षीहरूबीच सहमति नहुँदा नेतृत्व चयनमा ढिलाइ भएको हो ।
स्रोतले दिएको जानकारी अनुसार प्रदेश अध्यक्षका लागि सुरुमा १४ जना आकांक्षीमध्ये अहिले पाँचजनाले दाबी कायम छ । उनीहरूबीच सहमति गर्ने प्रयास जारी छ ।
प्रदेश अध्यक्षका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री नरेश भण्डारी, टेकबहादुर बस्नेत, राजकुमार शर्मा र रामदीप आचार्यले दाबी गरिरहेका छन् ।
यी पाँचजनामा सहमति नजुटे पार्टी केन्द्रले विकल्प खोज्ने तयारी गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close