देशभर ३,४५१ जना कोरोना संक्रमित थपिए, ३५ को मृत्यु

पछिल्लो २४ घन्टामा देशभर तीन हजार चार सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार पाँच सय ६६ र एन्टिजेन परीक्षणमा आठ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा दश हजार ९३ जनाको पिसिआर परीक्षण र  पाँच हजार पाँच सय १८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

हाल देशभर ३९ हजार तीन सय ७१ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार दुई हजार चार सय ५८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा ३५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार तीन सय २७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close