डा. केसीद्धारा लिखित ‘शुन्यको मुल्य’ पुस्तक सार्वजनिक

डाक्टर नवराज केसीद्धारा लिखित ‘शुन्यको मुल्य’ अर्थात सास, साहस र स्नेहको कथा नामक सिर्जनशिल गैर अख्यान पुस्तक सार्वजनिक भएको छ ।
शनिबार वीरेन्द्रनगरको शुभ होटेलमा एक कार्यक्रमकाबीच उक्त पुस्तक सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा सहभागिहरुले पुस्तकले कर्णालीको बास्तविकता बोलेको भन्दै प्रसंशा गरे ।
विशेषतः कर्णालीका महिलाहरुले भोग्नुपरेको बास्तविक चित्रलाई पुस्तकमा चित्रण गरिएको छ । उक्त गैरआख्यान पुस्तक केसीको पहिलो पुस्तक हो । एप्रोन लगायर कर्णालीमा समाजसेवा गर्दै आएका डा. केसी कर्णालीमा दुर्गम ठाउँमा पुगेर काम गर्दै गर्दा त्यहाँका आमाको सास, साहस र स्नेहका कथा देखेको र त्यीनै कथाहरुको संगालो ‘शुन्यको मुल्य’ बनेको उनले बताए ।
डा. केसीले कर्णालीका मान्छेहरुको कथा यस्तो रहेछ भन्ने कुरा दुनियाँसम्म पुगोस् भन्ने उद्देश्यसहित कृतिमा समावेश गरिएको बताए । ‘कर्णाली आफैमा विश्वविद्यालय हो,’ डा. केसीले भने,‘ यहाँको जीवन संघर्ष र सिकाई नै सबैभन्दा ठुलो डिग्री हो ।’ पुस्तक सार्वजनिक कार्यक्रममा सहभागी लेखक तथा अभियान्त दुर्गा पौडेलले ‘शुन्यको मुल्य’ ले अन्धकार समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देश प्रवाह गरेको बताइन् ।
‘यो पुस्तक देशका प्रधानमन्त्रीदेखि मन्त्रीहरुको हातमा हुनुपर्छ, राज्यका प्रमुख निकायमा रहेका व्यक्ति, राजनीतिज्ञहरुले पढ्नुपर्छ,’उनले भनिन,‘ त्यसपछि उहाँहरुले थाह पाउनुहुने छ, कर्णालीमा अझै यस्तो पनि हुने रहेछ, यो पुस्तक आफैमा एउटा अभियान हो, कर्णालीमा गरिबी छ, यहाँमा मान्छेहरु उपचार गर्ने पैसा नपाएर ज्यान गुमाउँछन् भन्ने मात्र छैन । त्यसबाट मुक्तिको साहस गर्नपनि माहिर छन् भन्ने सिकाएको छ ।’
पौडेलले ४ सय बर्षदेखि पैतालाको धुलो सरी राज्य र खबरदारी गर्ने नागरिक समाजले बेनाम बनाएको, अस्तित्वहीन बनाएको, जुर्मुराउन नदिएको, धर्म, सस्कृति, सस्कार, चलन, प्रथा, दासत्वका नाममा गाँजेर रहेको महिला माथिको शोषण विरुद्धका लागि ‘मुन्यको मुल्य’ १० रेक्टरको भूकम्पको कम्पन जस्तै भएको दाबी गरिन् ।
पुस्तक सार्वजनिक कार्यक्रममा लेखक म्यागी डोयन, अन्बिका गिरी, महेश नेपाली लगायतका लेखक तथा साहित्यकारहरुको पुस्तकमाथि चर्चा परिचर्चा गरेका थिए।

नेपाली रैबारबाट

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close