
आहाँ ! कती सुन्दर दृश्य
आकाश र जमिन जोडीयको ठाँउ।
कहिले भेटीन त्यो छितीज लाई
दौडेर जती नजिक जाऊ।
यो त रहेछ केवल हेराईको भृम
फरक यति यो दिन को हो ।
तिमी यही ……
म सँगै छेउँ लाग्नि
सम्बन्ध जस्तो सपनाको ।
म न सक्छु बास्तबिक्ता बदल्न ,
न भृम बाट सत्यमा ढल्न।
यो अन्योल…
बिचारहरुको ध्दोन्दमा
आफैलाई दी रहेछु जल्न ।
जसरी……..
तिम्रा ति आगमन ले…
आराम को निदलाई भए नि गाह्रो ।
तिमी नभएको दिन भन्दा
सपना बोक्नी रात प्यारो ।
आहाँ ! कती सुन्दर सपना
तिमी र म एक भएको ।
बास्तबीक नभए झै छितीज मा
आकाश ले जमीन छोएको।
-L.B Bhusal