विजय चालिसेका तीन कृति बजारमा

वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका ‘सर्पदंशित मेरो वर्तमान’, ‘परिशीलन’ र ‘मरुभूमिको फूल’ नामक तीन कृति बजारमा आएका हुन् । ‘सर्पदंशित मेरो वर्तमान’ मा यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ वटा उत्कृष्ट निबन्ध सङ्ग्रहित छन् । ‘परिशीलन’ नेपाली साहित्य, भाषा र आमसञ्चारबारे अनुसन्धानात्मक पुस्तक हो जसमा विभिन्न १० शीर्षकका लेख छन् ।

‘मरुभूमिको फूल’ भने नियात्रा तथा संस्मरणको सङ्गालो हो । तीनवटै कृतिको प्रकाशन बीएन पुस्तक संसारले गरेको हो । चालिसे नेपाली साहित्यमा कथा क्षेत्रका सुपरिचित व्यक्तित्व हुनुहुन्छ । उनले लामो समयदेखि कार्यपत्र र अन्य रचनाका रूपमा भाषा, साहित्य, संस्कृति र सञ्चार विषयका खोजमूलक लेखको  समेत रचना गर्दै आएका छन्  । बालसाहित्य, संस्कृति, सञ्चार विषयका गरी उनको करीब छ दर्जन कृति प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close