गुमी स्वास्थ्य संस्थामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सुर्खेत २४ श्रावण ।
आइएमइ इन्सुरेन्स कम्पनीको आयोजनामा मंगलबार गुर्भाकोट १३ गुमी स्वास्थ्य संस्थामा निःशुल्क स्वास्थ्य शिविर सम्पनन भएको छ । शिविरमा २ सय जनाभन्दा बढी महिलाहरुले स्वास्थ्य जाँच गराएको आइएमइ इन्सुरेन्स कम्पनीका एरिया शाखा प्रमुख धिरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो । कम्पनी स्थापनाको ५ औं बार्षिक उत्सवको अवसरमा सामाजिक कार्य अन्तरगत स्वास्थ्य शिविर संचालन गरिएको प्रमुख शाहीले बताउनु भयो ।
उहाँका अनुसार गुर्भाकोट नगरपालिका वडा नं. १३ र १४ का महिलाहरुले स्वास्थ्य शिविरमा चेकजाच गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close