तारले क्रुप देखिएको वीरेन्द्रनगरमा विद्युतको नयाँ लाइन बिस्तार गरिदै

चैत ११,सुर्खेत ।

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी समेत हो । राजधानीको शहरमा अनावश्यक रुपमा तानिएका तारहरुका कारण पनि वीरेन्द्रनगर क्रुप जस्तै छ । तर नेपाल विद्युत प्राधिकरण सुर्खेतले मंगलगढीदेखी गणेशचौकसम्म विद्युतको खुला तार हटाएर कभर कन्डक्टरसहितको लाइन विस्तार गरिरहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाले यसअघि यो क्षेत्रमा भूमिगत लाइन विस्तार गर्ने योजना बनाएको थियो । भूमिगत लाइन विस्तारमा कठिनाइन देखिएपछि पुराना पोल हटाएर नयाँ लाइन विस्तार थालिएको हो । मंगलगढी–वीरेन्द्रचौक–गणेशचौकसम्मको एक किलोमिटर पाँच सय मिटर दुरीमा केन्द्रले पुराना पोल हटाएर नयाँ पोल गाडेको छ ।

नयाँ लाइनमा एक्सएलपी कभर कन्डक्ट तार रहनेछ । जुन प्लाष्टिक कभरसहितको तार हो । यी क्षेत्रमा ११ मिटरको दुरीमा ४० पोल र ८ मिटरको दुरीमा ३६ पोल गाडेर तार तान्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ ।
विद्युतको पोलमा नेपाल टेलिकम, नीजि इन्टरनेट तथा केबल टेलिभिजन प्रदायक रहेकाले सबैसँग समन्वय गरेर काम गरिरहेको प्राधिकरणले जनाएको छ । खुला तार हटाउँदा जोखिम कम हुने र शहरको सौन्दर्यता बढ्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close