‘बी’ डिभिजन लिग आजबाट सुरु हुँदै, पहिलो दिन तीन खेल हुने

सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ’बी’ डिभिजन लिगको पहिलो दिन ३ खेलहरु हुने जनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच बिहान साढे ९ बजे प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती क्लबबीच दिउँसो पौने १ बजे प्रतिस्पर्धा हुनेछ । यस्तै, तेस्रो खेलमा वीरगञ्ज युनाईटेड र बोइज युनियनबीचको खेल दिउँसो ४ बजे हुनेछ ।

लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् । शीर्ष दुई टोली ’ए’ लिगमा बढुवा हुने छन् । यस्तै, पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close