कैलालीको कर्णाली नदिमा डुंगा दुर्घटनाः २ जना गम्भीर घाईते, ३ जना अझै बेपत्ता

कैलालीको कर्णाली नदिमा डुंगा दुर्घटना हुदा ३ जना बेपत्ता भएका छन। डुंगा दुर्घटना हुदा ५ जना बेपत्ता भएका थिए।
उनीहरुमध्ये तीनजना अझै बेपत्ता रहेको र २ जना गम्भीर घाईते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। मोहन्याल गाउँपालिका ३ रागाँ मलेखाबाट कर्णाली नदी वारी सुर्खेतको चौकुने गाउँपालिका ४ स्थित स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा आज डुंगा दुर्घटना भएको हो।
उक्त डुंगामा १० जना सवार थिए। उनीहरुमध्ये ५ जना सकुशल, २ जना घाईते र ३ जना बेपत्ता रहेको ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले जनाएको छ। यता डुंगा दुर्घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ।
मोहन्याल गाउँपालिका ३ की २० बर्षीया उर्मिला सलामी मगर, उनको साथमा रहेको १० दिने बालक र सोहि ठाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा सोहि ठाउँकी १९ बर्षीया धनसरा सलामी मगर र उनको एक महिनाको छोरा कर्ण सलामी गम्भीर घाईते भएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close