आमाको समाजसेवा हेर्न अमेरिकादेखि नेपालसम्म (भिडियाे सहित)

कामको सिलसिलामा अमेरिकामा वस्दै आउनु भएको जयन्ती थापाले नेपालका विभिन्न समस्यामा परेका बालबालिकाको पढाइका लागि सहयोग गर्दै आउनु भएको छ । अभाव, गरिवी तथा प्राकृतिक विपत्ती जस्ता कारणले नियमित पढ्न नपाएका बालबालिकालाइ विभिन्न विद्यालयको समन्वयमा समाजसेवी थापाले सहयोग गर्दै आउनु भएको छ ।

सन २००९ मा अमेरिका गएपछि जागिर र आफ्नै व्यवसायबाट भएको आम्दानीको केहि अंश उहाँले समाजसेवामा लगाउनु भएको हाे । यसै सन्दर्भमा समाजसेवी जयन्ती थापाकी छोरी सुजन चन्द आमाको नेपालमा गरेको समाजसेवाबाट प्रभावित भइ कर्णाली प्रदेशका विभिन्न ठाउँमा घुम्न आउनु भएको छ । आमाको समाजसेवाबाट निकै प्रभावित बन्नु भएको चन्दसँग आमाको समाज सेवाका सन्दर्भमा प्रधान सम्पादक रमेश कुमार पाण्डेले कुराकानी गर्नु भएकाे छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close