सुर्खेत उद्योण बाणिज्य संघको ४२ औं स्थापना दिवसमा बृक्षारोपण र सरसफाई

सुर्खेत उधोग वाणिज्य संघको ४२औं स्थापना दिवसको अवसरमा चेम्बरमार्गमा बृक्षारोपण,सरसफाई गरिएको छ । स्थापना दिवसको अवसरमा वीरेन्द्रनगर ६ स्थित चेम्बरमार्गमा सरसफाई सहित वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा सुर्खेत स्थित व्यावसायीहरुको उपस्थिति भएको थियो । २०३८ साल माघ १ गते का दिन नन्दबहादुर कार्कीको अध्यक्षता सुर्खेत उद्योग वाणिज्य संघको स्थापना भएको थियो ।
तत्कालिन मध्यपश्चिम विकास क्षेत्रमा उद्योगी व्यवसायको वातावरण स्थापनाका लागि अग्रजको भूमिका महत्वपुर्ण भएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेंलले बताउनु भयो । उहाँले व्यावसाहिक हक हित र तत्कालिन समयमा आर्थिक गतिविधि चलायमान बनाउन संस्थापक अध्यक्ष कार्कीको भूमिकालाई उद्योग वाणिज्य संघले सधै सम्मान गर्ने बताउनु भयो । उहाँले पहिलो पटक स्थापना दिवस मनाएको बताउदै आगामी बर्ष विशेष कार्यक्रम गर्ने बताउनु भयो ।
हाल कंडेलले १३ औं अध्यक्षका रुपमा सुर्खेत उद्योग वाणिज्य संघको नेतृत्व गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close