ए डिभिजन लिग ःमनाङ शीर्ष स्थानमै, एपीएफ रेड जोनबाट पार

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग ०७८ को पाँचौं चरण टुंगिएको छ। पाँचौं चरणको अन्तिमसम्म पनि मनाङ मर्स्याङ्दीले आफ्नो शीर्ष स्थान कायम राख्यो।

सबै टोलीले समान ५ खेल खेल्दा मनाङको १३ अंक भएको छ । मनाङले चार खेल जित्दै एउटा खेल बराबरी गरेको थियो। दोस्रोमा रहेको मच्छिन्द्रले तीन खेलमा जित हासिल गर्दा दुई खेल बराबरीमा अड्कियो । उसको ११ अंक छ ।
त्रिभुवन आर्मी र संकटा तेस्रो र चौथोमा छन्। यी दुवै टोलीले समान दुई खेल जित्दै तीन बराबरी खेलेका छन्। उनीहरुको समान ९ अंक छ । गोलको आधारम त्रिभुवन अगाडि रहेको हो।

शीर्ष चारमा रहेका यी टोली जारी लिगमा अपराजित टोली हो।

पाँचौ चरणमा तीन टिमले पहिलो जित निकाले । हिमालयन शेर्पा, जावलाखेल र एपीएफले योचरणमा पहिलो जित दर्ता गराएका हुन्। रेलिगेसन क्षेत्रमा रहेको एपीएफले पहिलो जित निकाल्दा तीन फड्को पार गर्न सफल रह्यो। एपीएफले अन्तिम खेल फ्रेन्ड्ससँग खेलेको थियो। उक्त खेलमा ३–१ अन्तरले एपीएफ विजयी बनेको हो।
अहिलेसम्म कुल ३५ खेल भएकोमा २१ मा स्पष्ट नतिजा आएको छ । बाँकी १४ खेल भने बराबरीमा टुंगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close