त्रिविका ७७ हजारभन्दा बढी विद्यार्थी आज दीक्षित हुने

त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोह आयोजना गर्दैछ। दशरथ रङ्गशालामा हुने समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पदक एवं पुरस्कार प्रदान गरिँदैछ ।

त्रिविले पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक गरिसकेको छ। त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीलाई अहिले ८ देखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरिसक्न भनेको छ।

आ–आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गर्न र तोकिएको स्थानमा बस्न त्रिविले विद्यर्थीलाई अनुरोध गरेको छ। समारोहमा २०७९ असार १ गतेदेखि २०८० जेठ ३२ गते सम्मका स्नातक तहदेखि स्नातकोत्तर तह उत्तीर्ण ७७ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close