एक हजारमा हेर्न पाइनेछ नेपाल-भारत मैत्रीपूर्ण खेल

रमेश सुवेदी/न्युज कारखाना

काठमाडौं, १६ भदौ

नेपाल र भारतबीच हुने तय भएको दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकिएको छ ।

नेपाल र भारतबीच भोलि (बिहीबार) पहिलो खेल र आगामी आइतबार दोस्रो मैत्रीपूर्ण खेलको टिकट मूल्य तय भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट बिक्रीका लागि प्रभु पेसँग सम्झौता गर्दै टिकट दर तोकेको हो । एन्फाले भीआईपीतर्फको टिकट दर दुई हजार रुपैयाँ तथा सामान्यतर्फको टिकट दर १ हजार रुपैयाँ तोकेको छ ।

नेपाल सरकारको स्वीकृतिसँगै एन्फाले पाँच हजार १०० वटा टिकट बिक्री गर्ने भएको हो ।

यस्तै, एन्फाले कोभिडविरुद्धको खोप लगाएका र पीसीआर जाँच गरेका दर्शकलाई मात्र मैदान प्रवेश गर्न दिने बताएको छ ।

नेपाल र भारत दुवैले आगामी १ देखि १६ अक्टोबरसम्म माल्दिभ्सको मालेमा हुने साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

नेपाल र भारतबीच हालसम्म १९ खेल आयोजना भएको छ, जसमा भारतले १३ खेल आफ्नो पक्षमा पार्दा चार खेल बराबर भएको छ । यस्तै, नेपालको पक्षमा दुई खेल मात्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close