इंग्ल्याण्डले भारतलाई एक पारी र ७६ रनले हरायो

तेस्रो टेष्ट क्रिकेटमा इंग्ल्याण्डले भारतलाई एक पारी र ७६ रनले हराएको छ । लिड्समा आज २ विकेट गुमाएर दुई सय १५ रन बनाएको अवस्थाबाट चौथो दिनको खेल थालेको भारत २ सय ७८ रन बनाउँदा अलआउट भयो ।

भारतले ६३ रन बनाउँदा ८ विकेट गुमाएपछि फराकिलो अन्तरले हार्न बाध्य भयो । भारतका चेतेश्वर पूजाराले ९१, रोहित शर्माले ५९ र कप्तान विराट कोहलीले ५५ रन बनाए । इंग्ल्याण्डका ओइली रोविन्सनले पाँच, क्रियाग ओभर्टनले तीन तथा मोइन अली र जेम्स एण्डरसनले १/१ विकेट लिए ।

पहिलो पारीमा भारत ७८ रनमा अलआउट भएको थियो भने इंग्ल्याण्डले ४ सय ३२ रन बनाउँदै तीन सय ५४ रनको अग्रता बनाएको थियो । यो श्रृङ्खलामा इंग्ल्याण्डका कप्तान जोय रुटले लगातार तेस्रो शतक हानेका छन् । तेस्रो टेष्ट जितेसँगै पाँच खेलको श्रृङ्खला इंल्याण्डले १–१ को बराबरीमा ल्याएको छ । वर्षाले प्रभावित भएको पहिलो टेष्ट बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close