मुस्लिम समुदायको रमजान आजबाट

मुस्लिम समुदायको पवित्र पर्व रमजान आजबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बी १ महिनासम्म उपवास बस्छन् ।

त्यसलाई रोजा’ भन्ने गरिन्छ । सूर्योदय हुनु करिब २ घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ ।

मानवलाई हरेक पाप (गुनाह) बाट बचाउन र अरूलाई सहयोग गर्ने भावना जागृत गराउने भएकाले यो महिनालाई मुस्लिम समुदायले विशिष्ट रुपमा लिने गर्छन् । आठौँ ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा बस्न सुरु गर्ने गरिएको मुस्लिम धर्मका जानकार बताउँछन् ।

१ महिनासम्म चल्ने रमजान यसपटक आजबाट सुरु भएको छ जो एक महिनासम्म चल्नेछ । रमजानमा मुस्लिम धर्मावलम्बी रोजा (उपवास) बस्ने परम्परा रहेको छ । ३० दिनको रोजा सकिएको भोलिपल्ट ‘इदउल फित्र’ पर्व मनाइने गरिन्छ ।

रोजा बस्नेले शरीर शुद्ध राख्नुपर्छ । दिनमा नियमित पाँचपटक नमाज पढ्नुपर्छ । रोजा मुस्लिम धमावलम्बी सूर्य उदाउनु भन्दा २ घण्टा अगाडि केही खानेकुरा (सेहरी) खार्ई सुरु गर्छन् जो सूर्यास्त भइसकेपछि अवतारिक गरी खोल्ने गर्छन् । रोजाको समयमा मुसलमानहरु निराहार बस्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close