आमाका जादुुमय हातहरुको तालिम सम्पन्न

वातावरण सुधार समाज सुर्खेतले सञ्चालन गरेको एचविसीसी परियोजनाका आमाका जादुमय हातहरुको तालिम समापन भएको छ । अक्सफामको सहयोगमा सञ्चालित परियोजनाले घर परिवारको सरसफाइमा आमाको हातलाई महत्व दिदै ममस् म्याजिक ह्याण्ड च्याम्पियनका सहभागि र वातावरण सुधार समाजमा कार्यरत स्वयम सेवकलाई तालिम दिएको थियो ।
कोभिड १९ बाट बच्न र व्यक्तिगत सरसफाइको व्यवहारलाई परिवर्तन ल्याउनमा एउटा आमाको महत्वपूर्ण हात भएको हुुदाँ वीरेन्द्रनगर भित्रका १ सय २० समुहका १३ सय आमाहरुलाई सहभागि गराउने उद्देश्यले स्वयम सेवक प्रशिक्षकलाई तालिम दिइएको हो ।
तालिममा सहभागिलाई परियोजना संयोजक हिमाल राजी, लैंगिक अधिकृत निशान चन्द र जनस्वास्थ्य अधिकृत मञ्जु थापाले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close