रामजानकी वनको मत गणना भोली हुने

सुर्खेत,१३ माघ । वीरेन्द्रनगर—५ स्थित रामजानकी सामुदायिक वन उपभोक्ता समितिको मत गणना बुधबार बिहान ८ बजेबाट सुरु हुने भएको छ ।

समितिको नयाँ नेतृत्वका लागि मंगलबार भएको निर्वाचनमा कुल १५ सय जना मतदाता मध्ये ११ सय ३० जनाले मतदान गरेको निर्वाचन अधिकृत कर्ण बहादुर सिजालीले जानकारी दिए । उनका अनुसार सर्वदलीय बैठक पश्चात मात्रै मत गणना गरी निर्वाचित हुने टीमलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइने छ । नयाँ नेतृत्वका लागि नेकपाका प्रचण्ड–नेपाल पक्ष विरुद्ध ओली पक्षले नेपाली काँग्रेस, राप्रपा र नेपाल मजदुर किसान पार्टीसँग एकता गरेर चुनावी मैदानमा उत्रीएको हो । ओली पक्ष, काँग्रेस, मजदुर किसान पार्टी र राप्रपाबाट असन्तुष्टहरुले प्रचण्ड–नेपाल पक्षसँग मिलेर चुनावी मैदानमा उत्रिएको बताइएको छ । साथै नयाँ नेतृत्वको लागि जनता समाजवादी नेपालले पनि उम्मेदवारी दिएको छ ।

नयाँ नेतृत्वका लागि प्रचण्ड–नेपाल पक्षबाट अध्यक्षमा नम्रता कार्की, उपाध्यक्षमा यज्ञप्रसाद गौतम, सचिवमा लिलाराम गौतम, कोषाध्यक्षमा दिपेन्द्रकुमार घर्ती र सह–सचिवमा डिल्लीप्रसाद आचार्यले उम्मेदवार छन् । मन्दीर चुनाव चिन्ह लिएर चुनावमा उत्रिएको प्रचण्ड–नेपाल पक्षले सदस्यहरुमा कृष्णबहादुर राना, कौशिला दमाई, यामकुमारी सापकोटा, गमबहादुर रावत, जैसरा कामी, पञ्चकली गुरुङ, लिलाकुमारी खनाल र लक्ष्मण थापाको उम्मेदरवार छन् । यता, ओली, काँग्रेस र राप्रपाको प्यानलले भने, अध्यक्षमा जगतबहादुर भण्डारी, उपाध्यक्षमा राजेन्द्रबहादुर शाही, मञ्जु कुँवर योगी लामा, कोषाध्यक्षमा रामबहादुर गुरुङ र सह–सचिवमा रनबहादुर रानाको उम्मेदवारी दिएका छन् । नेपालको झण्डा चुनाव चिन्ह भएको यो पक्षको सदस्यहरुमा दानबहादुर रोकाय, शान्ता खड्का, नरबहादुर सिञ्जाली, धनबहादुर गुरुङ, गिता बैगार, राजकुमार राना, मनरुपा सार्की र ईन्द्रा शर्माको उम्मेदवारी छ । जनता समाजवादी नेपालले अध्यक्ष र सचिव पदका लागि मात्रै उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close