Murti

सम्राट चौलागाईको गीत रेकर्ड कैलाश खेरको स्टुडियोमा, पल शाह र गिताले अभिनय गर्दै

चर्चित अभिनेता पल शाह र मोडल गिता ढुङ्गानाले अभिनय गर्न लागेको म्युजिक भिडियोको गीत रेकर्डिङ मुम्बईमा भएको छ । सम्राट चौलागाईको स्वर, शब्द तथा संगीतमा तयार भएको गीत बलिउडका बहुचर्चित गायक कैलाख खेरको कैलाश स्टुडियो मुम्बईमा गीत रेकर्ड गरिएको छ ।

गायक सम्राटले गीत रेकर्ड गरेपछि कैलाश खेरसँग तस्वीरपनि खिचाएका छन् । यस गीतमा सम्राटसँगै रचनाको पनि स्वर रहनेछ ।

अभिनेता पल शाहले अभिनय गर्न लागेको गीत रेकर्ड मुम्बईमा भएपछि कुराकानि गर्दै पलले खुसि व्याक्त गरे । पलले भने ‘अब हाम्रो टिम मुम्बई कैलाश खेरको स्टुडियो सम्म पुग्नु भएको छ, यो मैले मात्र हैन सम्पुर्ण नेपाली म्युजिक क्षेत्रले नै प्राउड गर्ने मोमेन्ट हो ।’ पलले थप्दै भने ‘यो गीतको अडियो फाइनल भएर आउने बित्तिकै भिडियोका लागी छायाङ्कनमा जाने छौ ।

राजिव समरको निर्देशन तथा नवराज उप्रेतीको सिनेमाटोग्राफीमा बन्ने म्युजिक भिडियो गायक सम्राट चौलागाईको अफिसियल युट्युव च्यानलबाट रिलिज हुनेछ । गायक सम्राटले पनि सम्पुर्ण स्रोता महानुभावहरुको साथ सहयोग र अपार मायाले संगित क्षेत्रको यात्रामा निरन्तर थप उर्जा मिलिरहेको बताए ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close