Murti

नेकपाको कार्यक्रममा तत्कालीन एमालेको चुनावी गीत घन्कियो

जनकपुरधाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको कार्यक्रममा तत्कालीन नेकपा एमाले पार्टीको चुनावी गीत घन्किएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि औपचारिक रुपमा पार्टी विभाजित नभए पनि राजनीतिक रुपमा दुई खेमामा बाँडिएसँगै दुवै खेमा आ–आफ्नो रणनीतिका साथ राजनीतिक अभियानमा सक्रिय हुन थालेका छन्।

सोही क्रममा जनकपुरधाममा आयोजित भेलामा सहभागी हुन मंगलबार बिहान जनकपुरधाम पुगेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोलाई स्वागत गर्न विमानस्थल पुगेका कार्यकर्ताहरुले तत्कालीन एमालेको चुनावी गीत घन्काएका हुन्।

नेकपाको जिल्ला स्तरीय कार्यक्रम भए पनि ओली पक्षका नेता तथा कार्यकर्ताहरुले पूर्व एमालेको चुनावी गीत तथा नाराहरु लगाएका हुन्।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close