भारतमा दुई लाख ५० हजार सक्रिय संक्रमित

भारतमा कोरोना भाइरस संक्रमितको संख्या शनिबार बिहानसम्ममा एक करोड तीन लाख पाँच हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घन्टामा भारतमा १९ हजार ७९ नयाँ संक्रमित फेला परेपछि संक्रमितको संख्या करोड  तीन लाख पाँच हजार सात सय ८८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा भारतमा कोरोना सङ्क्रमणका कारण दुई सय २४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४८ हजार दुई सय १८ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९९ लाख ६ हजार तीन सय ८७ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ५० हजार एक सय ८३ सक्रिय संक्रमित रहेका छन् ।

भारतको राजधानी दिल्लीमा शुक्रबार थप पाँच सय ८५ जनामा कोरोना  संक्रमण देखिएको र ५१ जनाको मृत्यु भएको थियो ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ३९ लाख ४१ हजार को हाराहारीमा नमुना परीक्षण गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close