रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु

परासीबाट भैरहवातर्फ आउँदै गरेको कार शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। कार रुपन्देही रोहिणी गाउँपालिका-४ छिपागडस्थित हुलाकी सडक खण्डमा दुर्घटना भएको हो।

कारमा चार जना सवार थिए। दुर्घटनामा घाइते भएका चारै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो।

रुपन्देही ओमसतिया गाउँपालिका ४ का २७ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका-३ का २७ वर्षीय नौसाथ दर्जी र पञ्चगाभा गाउँपालिकाका १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। चौधरीले कार चलाएका थिए।

दुर्घटनामा ३४ वर्षीय अनिल यादव गम्भीर घाइते छन्। उनको मेडिकल कजले भैरहवामा उपचार भइरहेको छ। कार सडकबाट १० मिटर तल खसेको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close