नाम र राजधानी तोकेको खुसीयालीमा मधेश प्रदेशमा सार्वजनिक बिदा

 

काठमाडौं। नामाकरण र स्थायी मुकाम (राजधानी )तोकेको खुसीयालीमा मधेश प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। मधेश प्रदेश सरकारले मंगलबार प्रदेशभरि सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनु भएको छ।

झण्डै चार वर्षपछि ‘प्रदेश २’ को नाम ‘मधेश प्रदेश’ र राजधानी जनकपुरधाम तोक्ने प्रस्ताव प्रदेश सभाबाट पारित भएको हो। सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम ‘मधेश प्रदेश’ कायम भएको हो। मतदानमा सहभागी ९९ मध्ये मधेश प्रदेशको पक्षमा ८० जनाले मत दिनु भएको थियो।

त्यसअघि प्रदेशको स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्तावमा मतदान भएको थियो। सहभागी ९९ मध्ये ७८ जनाले जनकपुरधामको पक्षमा मत दिएपछि सो प्रदेशको स्थायी राजधानी जनकपुरधाम कायम भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close