कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जारी

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायतलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने माग गर्दै निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ। छानबिन समिति बनाउन सहमति भएर कार्यदल गठन गरेपनि टीओआरमा सत्ता पक्ष र प्रतिपक्ष दलबीच आ-आफ्नो अडान कायम रहँदा समिति बन्न सकेको छैन।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेलेरै पारित गर्ने तयारी गरेपछि थप रणनीति तय गर्न बैठक बोलाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close