मुक्तिनाथ विकास बैंक यूरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२० बाट पुरस्कृत

लक्जमवर्गमा आयोजित ‘यूरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ ।

अन्तरराष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी ‘यूरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को प्रथम पुरस्कारबाट मुक्तिनाथ विकास बैंकलाई पुरस्कृत गरेको हो ।
बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरिरहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनबारे छनौट समितिले मूल्यांकन गरी प्रथम पुरस्कारबाट पुरस्कृत गरेको जानकारी दिएको छ ।

‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को लागि ३७ ओटा राष्ट्रबाट ७० ओटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १/१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए ।

यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख यूरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिएका छन् ।

मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १३८ ओटा शाखाहरु मध्ये ११८ ओटा शाखा मार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ । साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिई रहेहा छन् भने यो क्षेत्रमा रु. १७ अर्ब भन्दा बढी लगानीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close