वुुवा-आमाको सम्झनामा खानेपानी आयोजना

समाजसेवी तथा निर्माण व्यावसायि बखत शाहीले आफ्ना दिवंगत बुबा मुमाहरुको सम्झनामा गाउँमा खानेपानी आयोजना निर्माणको थालनी गरेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ को चाँदनी चोकस्थित ट्यांकीबाट त्यहाँका २५० घरधुरीका लागि खानेपानी आयोजनाको निर्माण शुरु भएको छ ।

समाजसेवी शाही र उनकी पत्नी निर्मला शाहीको संयुक्त खर्चमा बुवा हर्कबहादुर शाही र मुमाहरु तुल्सीदेवी शाही , रामकुमारी शाहीको स्मृतिमा खानेपानी आयोजना निर्माण हुदैछ । असोज अन्तिम देखि शुरु भएको उक्त आयोजनालाई कार्तिक महिना भित्र सम्पन्न गर्नेगरी तिब्र गतिमा काम भैरहेको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतमा कार्यरत शाही र कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राममा शिक्षण पेशामा आवद्ध उनकी पत्नी निर्मलाले आफूहरुले कमाएको वार्षिक आम्दानीलाई लगानी गरेर खानेपानी आयोजना निर्माण गर्न लागिएको छ ।

“दिवंगत बुवा मुवाहरुको स्मृतिमा हामीले बिरेन्द्रनगर जस्तो कर्णाली प्रदेशको राजधानीमा बसोबास गर्ने दाजुभाइ दिदिबहिनीले समेत खानेपानी बाट बन्चित हुनुको पिडालाई बोध गरेर यो परियोजना निर्माण गर्न लागेका हौं’’ शाहीले भने । शाही दम्पतीले निर्माण गर्न लागेको यस परियोजनामा गाउँकै मुहानको पानीलाई ट्यांकीमा रिर्जभ गरी त्याही धारा जडान गरिदैछ । यसको लागत पाँच लाख जति लाग्ने अनुमान गरिएको छ । खानेपानी आयोजना स्थल नजिकै प्रतिक्षालयसमेत निर्माण गरिने शाही दम्पतीले बताए ।

आयोजनाको निर्माण तिब्र गतिमा भैरहेको देखेर स्थानीय हर्षित भएका छन् । एक स्थानीयले स्वच्छ खानेपानी पिउन पाउने सपना साकार हुनलागेको प्रति असाध्यै खुसी व्यक्त गरेका छन् , उनले भने “ राजा भनेको राजै हो “ कर्णाली प्रदेशमा ठकुरीहरुलाई सम्बोधन गर्दा राजा भन्ने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close