मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्नेछ ।
बैठकमा सुरक्षा अधिकारीहरुको बढुवालगायत विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पछि मन्त्रिपरिषद् बैठक पहिलोपटक बस्न लागेको हो । रास्वपका तीन मन्त्री आइतबार बाहिरिएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले आइतबार साँझ राजीनामा बुझाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close