बालबिबाह रोक्न छोरी सुरक्षा कार्यक्रम शुरु,मासिक ५सय जम्मा

कर्णाली प्रदेश सरकारले बालबिबाह रोक्न छोरी सुरक्षा कार्यक्रम शुरु गर्ने भएको छ । अब जन्मने छोरीलाई सरकारले २० बर्षसम्म बिबाह गर्न नपाउने गरी छोरी सुरक्षा कार्यक्रम लागु गर्न लागेको हो ।

कर्णालीका छोरीहरुको सुन्दर भविस्य निर्माण गर्न सरकारले यो कार्यक्रम लागु गर्न लागेको हो । छोरी जन्मिन वित्तिकै वैंकमा एक हजारको खाता खालेर सरकारले मासिक रकम जम्मा गर्ने गरी कार्यक्रम लागु गर्ने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले वताए । कार्यक्रम अन्तर्गत सरकारले प्रतिमहिना अब जन्मने छोरीका नाममा ५ सयका दरले रकम जम्मा गर्ने मन्त्री ज्वालको भनाई छ । यो कार्यक्रमबाट कर्णालीमा बाल बिबाह निर्मुल गर्ने प्रदेस सरकारले लक्ष्य लिएको छ ।

त्यस्तै यो कार्यक्रमबाट दुइ दुइ सन्तान अर्थात छोराछोरी या छोरी छोरी जन्माउने अभिभाबले मात्र लाभ लिन पाउने छन । छोरीको भबिश्य निर्माण र सुरक्षित गर्न दुइ सन्तान जन्माउनेका लागि यो सुबिधा दिने मन्त्री ज्वालाले जानकारी दिए । एउटा छोरी वा दुइ छोरी जन्मिए पनि उनीहरुका नाममा प्रदेश सरकारले एक हजारको वैंक खाता खोल्दै मासिक रुपमा ५ सय रुपैया २० वर्ष सम्म जम्मा गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।

२० बर्षसम्म जम्मा भएको रमक र त्यसको ब्याजबाट कर्णालीका छोरीहरु आत्मनिर्भर स्वाभलम्बी बन्ने मन्त्रीको ज्वालाको भनाई छ । छोरी सुरक्षा कार्यक्रममा आबद्ध बालीकाले २० बर्ष नपुगि बिबाह गर्न नपाइने , पढाई छोड्न नपाइने सर्त प्रदेस सरकारले राख्ने तयारी गरेको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय अन्तर्गत छोरी सुरक्षा कार्यक्रम सन्चालन गर्ने तयारी प्रदेस सरकारले गरेको छ । सरकारले अगाडी सारेको यो कार्यक्रमले कर्णालीको बढ्दो बालबिबह निर्मुल गर्न सहयोग पुग्ने सरोकारवाको भनाई छ । छोरी सुरक्षा कार्यक्रम कर्णालका बालीकाका लागि बरदान साबित हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close