कर्णालीका नागरिकलाई कोरोना खोपका लागि १ करोड ७० लाख विनियोजन

सुर्खेत २३, जेठ ।
कर्णाली प्रदेशका नबनियुक्त सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले पहिलो निर्णय गर्दै कोभिड १९ को महामारीबाट बच्न खोपलाई प्राथमिकता दिने बताउनु भएको छ । आज मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री विसीले कर्णाली प्रदेशका १० जिल्लाकै नागरिकलाई कोरोना जोखिमबाट बच्नका लागि खोपलाई पहिलो प्राथमिकता दिने बताउनु भएको हो ।
उहाँले नागरिकलाई खोप लगाउन सहज होस भनी १ करोड ७० लाख विनियोजन समेत गर्नु भएको छ । प्राथमिकतामा राखी कर्णाली प्रदेशका १० बटै जिल्लाहरुका नागरिकलाई खोप लगाउन सहजता पुर्याउने उदेश्यका साथ आबश्यक पुर्बाधार तयार गर्न १ करोड ७० लाख रुपैया बिनियोजन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close