NCNC द्वारा मोरिस्भिलमा सरसफाइ (फोटो फिचर)

राजु कोइराला
मे १९, नर्थ क्यारोलाइना, अमेरिका ।
नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (NCNC) द्वारा मोरिस्भिलमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।  सन् २०१२ देखि नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (NCNC) ले सुरुवात गरेको Adopt A Highway Clean Up कार्यक्रमलाई निरन्तरता दिंदै आज पनि हाईवे सरसफाई कार्यक्रम मे १९ मा सम्पन्न भएको हो। मोरिसभिलमा रहेको McCrimmon Parkway र Louis Stephens Drive को लगभग ३ माइल खण्डको बाटोमा दायाँ र बायाँ जम्मा भएको फोहोर सफाइ गरिएको हो ।
सस्थाले कम्तिमा पनि वर्षको ४ पटक सरसफाइ गर्ने गरेको छ । आज बिहानको सरसफाई कार्यक्रममा ब्यस्तताका बाबजुत पनि जागरुक स्वंसेवकहरुको बाक्लो उपस्थिति रहेको थियो ।¨NCNC एउटा गैर नाफामुलक सन्स्था हो ।

सरसफाई कार्यक्रमका फोटो फिचर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close