कर्णाली प्रदेशमा थप १२ जनामा पोजेटिभ

सुर्खेत, १३ जेठ ।
कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ । भारतबाट घर फर्किएकाहरुको पीसीआर परीक्षण गर्दा थप १२ जनामा कोरोना पोजेटिभ रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिनु भयो ।
उहाँका अनुसार वीरेन्द्रनगर–१ का १६ वर्षका पुरुष, वीरेन्द्रनगर–२ का ९, २०, ३२ र ३६ वर्षका पुरुष, ३२ वर्षकी महिला, वीरेन्द्रनगर–३ का ४६ वर्षका पुरुष, वीरेन्द्रनगर–६ का २६ वर्षका पुरुष, भेरीगंगा–८ का १६, १७ वर्षका पुरुष, सिम्ता–४ का ३५ र ४९ वर्षका पुरुषमा पोजेटिभ आएको हो । प्रदेश अस्पतालमा रहेको प्रयोगशाला र पशुपंक्षी अन्वेषण रोग प्रयोगशालामा रहेको पीसीआर मेसिनबाट कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।


सोमबार साँझसम्म दैलेखका ८ जना र सुर्खेतका ३ गरी कर्णाली प्रदेशमा जम्मा ११ जना संक्रमित थिए । अब योसँगै सुर्खेतमा १५ र दैलेखमा ८ गरी कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close