Murti

नेकपा स्थायी कमिटी बैठक बस्दै, कार्यदलको प्रतिवेदनमा छलफल हुने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेल सहितको २२ भदौको बैठकमा भएको सहमतिअनुसार स्थायी कमिटी बैठक आज बस्न लागेको हो।

दुवै अध्यक्षले बुधबार साढे ३ घण्टा छलफल गरी स्थायी कमिटी बैठकमा पेस गर्ने एजेन्डा तय गरिसकेका छन्।

उनीहरुले विवाद समाधान कार्यदलले दिएका सुझावलाई आधार बनाएर प्याकेजमा सहमति गर्ने गरी स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्ताव तयार पारेका छन्। अध्यक्षद्वयले तयार गरेको प्रस्तावमा अध्ययन र सुझाव दिन स्थायी कमिटी सदस्यहरुलाई पठाइएको थियाे।

प्रस्तावकाे बुँदाको पहिलो नम्बरमा पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठन,र एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भनिएको छ।

यस्तै सरकारको कामका सम्बन्धमा, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने, प्रदेश र स्थानीय निकायको भूमिकालाई प्रभावकारी बनाउने र नेपालको सीमा समस्या र समाधान सम्बन्धमा छलफल गर्ने भनिएको छ। यस्तै कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थान गर्ने, बाढी पहिरोबाट सिर्जित प्रकृतिक विपत्तिको सामना, शान्ति प्रकृतिका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानहरुको व्यवस्थापन तथा सञ्चालन कार्यविधि निश्चित गर्ने र एमसिसीका सम्बन्धमा प्रस्ताव तयार गरिएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close