विश्वभर हालसम्म ७ लाख ४५ हजारभन्दा बढीको मृत्यु , साढे ६४ हजारको अवस्था गम्भीर

विश्वभर हालसम्म कोरोना भाइरसबाट ७ लाख ४५ हजारभन्दा बढीको मृत्यु  भएको छ ।

हालसम्म विश्वभर ७ लाख ४५ हजार ९२७ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको कुल संख्या २ करोड ५ लाख  २२ हजार १ सय ९१ रहेका छ । विश्वभर १ करोड ३४ लाखभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । विश्वभर हाल ६४ हजार ६ सय १८ को अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित संयुक्त राष्ट्र अमेरिकामा हालसम्म १ लाख ६७ हजार ७४९ जनाको मृत्यु भएको छ ।

यस्तै संक्रमितको संख्या ५३ लाख ५ हजार ९५७ रहेको छ । अमेरिकामा हाल १७ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म १ लाख ३ हजार ९९ जना भारतमा ४६ हजार ११८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close