३ सय ६९ प्रहरीमा कोरोना संक्रमण

शान्ति सुरक्षाको प्रमुख दायित्व बोकेको नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३ सय ६९ पुगेको छ ।
हाल देशभर ३ सय ६९ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३ सय ६९ संक्रमितमध्ये १ सय ४९ प्रहरी निको भएर घर फर्किसकेको र २ सय २० कर्मचारी विभिन्न अस्पतालमा उपचारका लागि भर्ना भएको जानकारी दिनुभयो ।

कोरोनाको सक्रिय संक्रमितमध्ये प्रहरी प्रधान कार्यालयका १ सय १६, काठमाडौं उपत्यकाका १४, प्रदेश नं १ का २१, प्रदेश नं २ का ३६, वाग्मती प्रदेशका २, गण्डकी प्रदेशका १९, प्रदेश नम्बर ५ का ११ र सुदूरपश्चिम प्रदेशका १ जना छन् । कर्णाली प्रदेशका भने सबै प्रहरी निको भएर घर फर्किसकेको उहाँले जानकारी दिनुभयो ।

आइतबारसम्म नेपालभर कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ भने १६ हजार ३ सय ५३ संक्रमित निको भएर घर फर्किसकेका छन् । यस्तै नेपालभर आइतबारसम्म कोरोना संक्रमणबाट ७९ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close