
विदेशबाट विभिन्न चरणमको उद्धार उडानमार्फत ४९ हजार ६ सय ६८ नेपाली स्वदेश फर्किएका छन्। चौथो चरणको उद्धार उडानको अन्तिम दिन सोमबारसम्म विभिन्न ३ वटा मुलुकमा कोरोनाका कारण समस्या परेका नेपाली स्वदेश फर्किएका हुन्।
स्वदेश फर्कनेहरुमा सबैभन्दा धेरै संयुक्त अबर इमिरेटसबाट छन्। युएईबाट सोबारसम्म १३ हजार ७ सय ८३ नेपाली स्वदेश फर्किएका छन्।
त्यस्तै साउदीबाट ७ हजार ८ सय १७, मलेसियाबाट ७ हजार ६ सय ६, कुवेतबाट ६ हजार ३ सय २९, कतारबाट ५ हजार ६ सय ९६, जापानबाट १ हजार २३, बहराइनबाट ९८०, अस्ट्रेलियाबाट ९४३, बंगलादेशबाट ८४१, दक्षिण कोरियाबाट ७२०, माल्दिभ्सबाट ७०९, ओमानबाट ६३६, अमेरिकाबाट ४२३, थाइल्याण्डबाट ३ सय २६, सिंगापुरबाट २९७, दक्षिण सुडानबाट २५०, बेलायतबाट २२९, चाइनाबाट २०८, फिलिपिन्सबाट २०१, इजरायलबाट १२७, टर्कीबाट ११०, हङकङबाट ८९, भारतबाट ८५, पाकिस्थानबाट ७२, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८, ईराकबाट ३९, अफगानिस्तानबाट ३३, म्यानमारबाट २६, स्विट्जरल्याण्डबाट १० र श्रीलंकाबाट ५ जना नेपाली स्वदेश फर्किएका हुन्।
चार्टर उडानको चौथो चरणको उद्धार उडान सोमबारबाट सकिएको छ। तर कोरोनाका कारण विदेशमा अलपत्र हजारौँ नेपाली अझै स्वदेश फर्कन पाएका छैनन्।
उनीहरुलाई स्वदेश फर्काउनका लागि अब पाचौँ चरणको उडान तय गर्ने वा नगर्ने भन्ने सन्दर्भमा खुलाइएको छैन। भदौ १ गतेदेखि खुल्ला गर्ने भनेको व्यवसायिक उडान १५ गतेसम्म सार्न कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसीले) सरकारलाई सुझाएको छ।