त्रिवि व्यवस्थापन संकायको परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको स्नातक तथा स्नातकोत्तर तहका परीक्षाहरू स्थगित भएका छन्।

कोरोना संक्रमण दरमा वृद्धि भएसँगै स्नातक तथा स्नातकोत्तर तहका विविध कार्यक्रम तथा सत्रका सत्रान्त परीक्षाहरू स्थगित गरिएका हुन्।

यसअघि साउन ९ गते भदौको दोस्रो सातादेखि परीक्षा सञ्चालन हुने भन्दै सूचना प्रकाशित गरिएको थियो।

त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयले आज सूचना जारी गर्दै कोभिड-१९ को महामारी बढिरहेको र विभिन्न जिल्लामा निषेधाज्ञासमेत जारी भएकोले सम्पूर्ण परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close