हिउँले ढाक्यो कर्णालीका हिमाली जिल्ला

कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ। हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा बिहीबार रातिदेखि नै हिमपात भयको  छ।

 

प्रदेशका अन्य जिल्लामा गएरातिदेखि अहिलेसम्म पानी परिरहेको छ। हिमपातका कारण चिसो बढेपछि मानिसकोजनजीवन कष्टकर भएको छ।

गत वर्ष पनि हिउँदका बेला पहिलोपटक माघ ६ गतेदेखि ९ गतेसम्म वर्षासँगै हिमपात भएको थियो।

यस वर्ष ढिलागरी वर्षा भएको मौसमविद्को भनाइ छ। हिमपातभएसँगै कर्णालीका हिमाली जिल्लामा चिसो अत्यधिक भएको छ।

बाक्लो हिउँका कारण हवाई उडानसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको छ।

चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिनसमेत समस्या भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close