माओवादीको चुनाब चिन्ह लिएर चुनाब लड्छौ ः बाबुराम भटटराई

सुर्खेत । नेपाल समाज समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइले सिट बाँडफाँडका कारण गठबन्धनमा कुनै समस्या नआउने प्रस्ट पारेका छन् । पार्टीको प्रदेश स्थरिय प्रशिक्षणका लागी सुर्खेतपुगेका भट्टराइले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँड गर्न ढिलाई भएपनि समस्या नआउने बताउनुभएको हो ।
सत्ता गठबन्धनमा धेरै दल भएका कारण आ आफ्नो दावी रहँदा समयमै सिट बाँडफाँड हुन नसकेपनि अन्तमा सबैको सहमतीमै बाँडफाँड हुने भट्टराइको भनाई थियो । अहिलेको गठबन्धन प्रतिगमनकारीका बिरुद्ध भएका कारण मिलेर जानुको बिकल्प नरहेको भट्टराइले बताउनुको हो । निर्वाचनमा एक्लै लडे कसैकोपनि बहुमत आउन सक्ने नभएका कारण गठबन्धन गरेर निर्वाचनमा जानु परेको उनले बताए । २०७४ मा जितेका आ आफ्नो ठाउँ लिने र बिपक्षीले जितेका ठाउँमा मात्रै सिट मिलाउनु परेको उहाले बताउनु भयो । सत्ता गठबन्धननै चुनावमा जाने र चुनावपछि गठबन्धनकै सरकार बन्ने भट्टराइले बताउनु भयो ।
भट्टराइले तत्काल एमाले लगायतका दलहरुसंग सहकार्य सम्भव नरहेको बताउनु भयो । संबिधानको नेतृत्व गर्ने बर्तमान गठबन्धनकै दल भएका कारण जोगाउने दायित्वपनि यिनै दलको हुने उहाँको भनाई थियो । भट्टराइले यो ब्यवस्था परिवर्तन गर्नका लागी दुई तिहाई बहुमत आवश्यक रहेको बताउनु भयो । प्रत्यक्ष कार्यकारी राष्टपति र समानुपातिक सांसद प्रणालीका लागी संबिधाननै संसोधन गर्नुपर्ने भएकाले त्यो अवस्था नआउँदा सम्म गठबन्धनबाटै जानुपर्ने उहाँको भनाई छ ।
भट्टराइले नेपालका दुई दल काग्रेंस र एमाले बाहेकको समाजवादी पार्टी आवश्यक रहेको बताउनु भयो । बैकल्पिक शक्तीका रुपमा समाजवादी पार्टी आवश्यक भएका कारण तालमेल र एकता बारे माओवादी, नेकपा समाजवादी लगायतका दलहरुसंग छलफल चलिरहेको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close