सिद्धार्थ बैंकको नाफा ७ प्रतिशतले घट्यो

सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा २ अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ७.३ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा दुई अर्ब २५ करोड रुपैयाँ थियो।

कोभिड-१९ ले कतिपय कर्जाहरु प्रभावित हुँदा वितरणयोग्य मुनाफा भने ८६ करोड ६४ लाख रुपैयाँमात्रै छ। शेयरधनीहरुले गत आर्थिक वर्षक नाफामध्ये ८६ करोड रुपैयाँमात्रै लाभांस पाउन सक्नेछन्।

नाफामा गिरावट आए पनि खुद व्याज आम्दानी भने १९ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यस्तो आम्दानी ४ अर्ब ६६ करोड रुपैयाँ थियो।

गत वर्ष बैंकले २१ प्रतिशतले निक्षेप वृद्धि गर्दा कर्जा विस्तार भने जम्मा १७ प्रतिशतमात्रै छ। गत वर्ष बैंकले एक खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २३ अर्ब रुपैयाँ लगानी गरेको छ। गत वर्ष एक खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ४ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो।

खराब कर्जा ०.८१ प्रतिशत विन्दुले बढेर १.५६ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सिसिडी अनुपात ८० प्रतिशतबाट ८५ प्रतिशत पुर्‍याए पनि सिद्धार्थको भने भइरहेकाे अनुपात पनि घटेर ७२ प्रतिशतमा झरेको छ। प्रतिशेयर आम्दानी चार रुपैयाँले गिरावट भएर २१ रुपैयाँ छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close