वीरगन्जमा एक काेराेना संक्रमितकाे मृत्यु, काेराेना शंका गरिएकी महिलाकाे पनि मृत्यु

वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा शुक्रबार बिहान मृत्यु भएका वीरगन्ज ३ छपकैयाका ६५ वर्षिय पुरुषमा कोरोना पुष्टी भएको छ ।

अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

शुक्रबार राति आएको नतिजाले कोरोना पोजेटिव देखिएको गण्डक कोभिड अस्पतालका संयोजक डा उदय नारायण सिंहले बताए ।  बिहिबार राति श्वासप्रश्वासमा समस्या भएपछि ती व्यक्तिलँई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो ।

 

महिलाको शंकास्पद मृत्यु

कोरोनाको लक्षण भएकी एक महिलाको शुक्रबार राति मृत्यु भएको छ । वीरगन्ज २ छपकैंया निवासी करीब ३० बर्षिया महिलाको मृत्यु भएको हो । छिमेकी अजित भुजेलका अनुसार, थाइराइडको समस्या रहेकी ती महिलालाई ४÷५ दिन अघि ज्वरो आएपछि स्थानीय मेडिकलबाट औषधि ल्याई खादा बिसेक भएको थियो ।

तर शुक्रबार राति करीब १० बजे उनलाई उच्च ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भई रहेको थियो । ‘उनका पति वैदेशिक रोजगारीको क्रममा मुलुक बाहिर छन्, घरमा ४ बर्षकी छोरी मात्र छन्, छिमेकी नाताले हामीले टेम्पो खोजेर महानगरका सबै अस्पताल धायौं, सुरुमा नारायणी अस्पतालले रिफर ग¥यो,’ उनले भने, ‘पछि वीरगन्ज हेल्थ केयर कोभिड अस्पताल लग्यौँ, त्यहा भर्ना लिइएन, त्यहाबाट गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहलँई फोनबाट आग्रह गर्‍यौँ, उहाँले अस्पताल ल्याउन भन्नु भयो, हामीले अस्पतालमा जिम्मा लगँएर घर फर्किए लगत्तै महिलाको मृत्यु भएको फोन आयो ।’

डा सिंहले भने महिलालाई उपचारार्थ अस्पतालमा ल्याउदा उनको बाटोमै मृत्यु भई सकेको बताए ।

‘उच्च ज्वरो र श्वास प्रश्वासमा समस्या रहेको जानकारी हामीले पायौं, तर अस्पताल ल्याउदा मृत्यु भई सकेकाले केही गर्न सकैनौं,’ उनले भने, ‘मृत महिलाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाएका छौं ।’ यसका साथै शुक्रबार राति करीब साढे बजे गण्डक कोभिड अस्पतालबाट २ चिकित्सक सहित ८ जना निको भई घर फर्किएको पनि डा सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close