भारतमा दुई दिनमा १ लाख २० हजारभन्दा बढीलाई कोरोना संक्रमण

भारतमा दुई दिनमा १ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा सर्वाधिक ६१ हजार ४५५ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका थिए ।योसँगै भारतमा दुई दिनमा मात्रै १ लाख २३ हजार ६३५ जनामा संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दा भारतमा कोरोना संक्रमितको संख्या २० लाख ८६ हजार ८६४ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १४ लाख २७ हजार ६६९ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख १६ हजार ६१७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ९४० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४२ हजार ५७८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close