प्रहरी दिवसका अवसरमा सरसफाई कार्यक्रम सम्पन्न

असाेज २९‍ सुर्खेत

६७ औ प्रहरी दिवसको अवसरमा वीरेन्द्रनगरका बिभिन्न स्थानमा प्रहरीले सरसफाई कार्यक्रम गरेको छ । समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत सुर्खेतको पर्यटकिय स्थल बुलबुले तथा वीरेन्द्रनगरमै रहेको उत्तरगंगा शिव मन्दिरमा सरसफाई गरिएको प्रहरीले जनाएको छ । सरसफाई कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय,जिल्ला प्रहरी कार्यालय सुर्खेत जिल्ला
ट्राफिक कार्यालय सुर्खेत,तथा वीरेन्द्रनगर भित्र रहेका सुरक्षा निकायहरुबाट ११२ जनाको उपस्थितीमा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रममा जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close