९ जिल्लामा फैलियो दादुरा संक्रमण

गत पुस १२ गते बाँकेको नेपालगञ्जबाट आउटब्रेक भएको दादुरा संक्रमण हाल ९ जिल्लामा फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ९ जिल्लाका ६०१ बालबालिकामा संक्रमण पुष्टि भएको छ । संक्रमण फैलिनेमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, कन्चनपुर, महोत्तरी, मोरङ, सुनसरी रहेका छन् ।
संक्रमितमध्ये सबैभन्दा धेरै बाँकेमा ३२२ जना बालबालिका छन् भने महोत्तरीमा १०१ जनामा दादुरा पुष्टि भएको छ ।
संक्रमितमध्ये ८७ प्रतिशत बालबालिका १५ वर्ष मूनिका छन् भने अधिकांसले नियमित खोप नलगाएको पाइएको छ ।
दादुरा प्रभावित सबै जिल्लामा सरकारले मिजल्स भाइरसविरुद्धको खोप तथा भिटामिन ए कार्यक्रम सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close