
सुर्खेत जिल्लाकै ठुलो ताल बराहताल गाउँपालिका वडा नं. ४ मा रहेको बराहताल परिषरमा निर्मित दुइ मन्दिरको उद्घाटन भएको छ । गाउँपालिकाको सहयोगमा निर्मित मन्दिरको गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।
प्रदेश सरकार र संघ सरकारले ताल संरक्षणमा उदासिनता देखाएसँगै तालको स्वरुप विग्रदै गएको थियो । सुर्खेत जिल्लाकै ठुलो तालका रुपमा रहेको बराहतालमा पूर्वाधार विकासमा नहुदाँ पर्यटकीय गतिविधि कम भएका थिए । हाल गाउँपालिकाले ताल संरक्षणका लागि हरेक बर्ष बजेट छुट्याउदै काम गरे पनि पर्याप्त हुन सकेको छैन । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरबाट नजिकै रहे पनि अहिलेसम्म यातायात पुग्ने गरी सडक बन्न सकेको छैन । तालसम्म सडक पूर्वाधार निर्माणमा गाउँपालिकाको बजेट अप्रयाप्त हुने हुदाँ प्रदेश र संघ सरकारले चासो दिनुपर्ने गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीले बताउनु भयो ।
आज बराहताल परिसरमा रहेका नवनिर्मित मन्दिरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले पालिकाको नामाकरण समेत यही तालबाट भएको भन्दै तालको अस्तित्व संरक्षणका लागि काम गरे पनि प्रयाप्त हुन नसकेको बताउनु भयो । गाउँपालिकाले बराहतालमा बराह मन्दिर र बराहविष्णु मन्दिर निर्माण गरेको छ । उक्त तालमा पूर्वाधार निर्माण गरी पर्यटकीय गतिविधि बढ्न सके गाउँपालिकाका युवाहरुलाई रोजगार सिर्जना गर्न सकिने अध्यक्ष भण्डारीले बताउनु भयो ।
पर्यटीयक गतिविधि बढेसँगै स्थानीयको आयस्तरमा समेत सघाउन पुग्न जान्छ । हाल ताल परिषरमा मन्दिर निर्माण भएपछि स्थानीय खुसी भएका छन् । भेरी नदिमा पक्की पुल बन्ने भएसँगै स्थानीय हर्षित भएका छन् । स्थानीयले पुल निर्माणमा ढिलाई गर्न नहुने बताएका छन् । जिल्लाकै नमुना पर्यटकीय स्थलको रूपमा रहेकाले यसको संरक्षणमा सबैजना जुट्नुपर्ने यहाँका बासिन्दाको धारणा छ ।

हुर्के बराहताल सडकको स्तरोन्नति गर्ने र बराहतालको प्रचार–प्रसार गर्न सकेको खण्डमा पर्यटकहरूका लागि बराहताल आकर्षक गन्तव्यस्थल बन्न सक्दछ । हाल प्रदेश सरकारको लगानीम हुर्के केउरेनी सडक स्तरोन्नती काम भइरहेको छ । सडक निर्माण पश्चात यस तालमा आन्तरिक तथा वाह्य पर्यटकको गतिविधि बढ्ने देखिन्छ ।






