
मेलम्चीको पहिरो परेका ८ जनाको शव निकालिएको छ ।
यस्तै एक जना जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रोज्ज्वल महर्जनले बताए ।
गएराति सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्थित मेलम्चीमा काम गर्ने कामदार पहिरोले पुरिँदा १ जनाको जिवितै उद्धार गरेको अन्य पुरिएका ८ जनाको शब निकालिएको छ ।
यस्तै सिन्धुपाल्चोक पाँचथानकाल–२ मा पहिरोले एउटा घर पुर्दा २ जना वृद्धवृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार गए रातिको पहिरोमा परि उक्त घर पुरिएको थियो ।