चीन–नेपाल सम्बन्धलाई थप विकसित गर्ने चिनियाँ राष्ट्रपतिको भनाइ

चीनका राष्ट्रपति सी चिनफिङले चीन–नेपाल सम्बन्धलाई थप घनीभूत बनाउनु महत्त्वपूर्ण भएको शनिवार बताएको भनी चीनको सरकारी सञ्चारमाध्यम सीजीटीएनको अन्लाइन संस्करणमा लेखिएको छ ।

द्विपक्षीय सम्बन्धलाई निरन्तर अघि बढाउनका लागि आफू नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर काम गर्न इच्छुक रहेको सीको भनाइ छ ।

नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औं वर्षगाँठका अवसरमा राष्ट्रपति भण्डारीसँग शुभकामना सन्देश आदानप्रदानको सिलसिलामा सीले दुई देशका जनताको बृहत्तर हितका लागि अनि क्षेत्रीय स्थिरता तथा विकासका लागि राष्ट्रपति भण्डारीसँग मिलेर काम गर्न आफू तयार रहेको बताए ।

अघिल्लो वर्ष राजकीय भ्रमण गरेको र द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको तहमा उकालेको पनि सीले स्मरण गरे । यो साझेदारी विकास तथा समृद्धिका लागि गरिएको उनले बताए ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close