
कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन २ लाख ७७ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्चमध्येको एक हो । तर बुधबार २ लाख ८५ हजार जना संक्रमित थपिएका थिए । केही कमी आए पनि दर उच्च रहेको छ ।
सोमबार २ लाख १९ हजार संक्रमित थपिँदा मृतक ४ हजार १९० थपिएका थिए । मंगलबार २ लाख ४८ हजार संक्रमित थपिँदा मृतक ५ हजार ५८० थपिएका थिए ।
तर बुधबार भने संक्रमण र मृत्युले बिगतको रेकर्ड तोडेको हो । बुधबार एकैदिन ६ हजार ७७० जनाको ज्यान गएको थियो ।
बिहीबार २ लाख ७७ हजार भन्दा बढी संक्रमित हुँदा ६ हजार २१४ जनाको ज्यान गएको छ ।
यस्तो छ शीर्ष १० देशको अवस्था
अमेरिकामा बिहीबार ६८ हजार १६१ जना संक्रमित थपिएका छन् । बुधबार ६६ हजार ९७३ जना संक्रमित थपिएका थिए । मंगलबार ६४ हजार २५१ जना संक्रमित थपिएका थिए । हालसम्म संक्रमित ४६ लाख ३४ हजार ५७७ पुगेका छन् ।
मृतक १ लाख ५५ हजार २८४ पुगेका छन् । मृतक १ हजार ४६४ जना थपिएका छन् । यो पछिल्लो समयको सबैभन्दा बढी हो । बुधबार १ हजार ४२९ जना मृतक थपिएका थिए । मंगलबार १ हजार २१० थपिएका थिए । कुल मृत्यु १ लाख ५३ हजार ७२० पुगेको छ । सोमबार ६१ हजार ७७५ संक्रमित थपिँदा ५९६ जनाको ज्यान गएको थियो ।
दोस्रो स्थानको ब्रजिलमा बिहीबार ५८ हजार २७१ जना संक्रमित थपिएका छन् । बुधबार ७० हजार ८६९ जना संक्रमित थपिएका थिए । सोमबार २३ हजार ५७९ जना संक्रमित थपिएकामा मंगलबार ४१ हजार १६९ जना थपिए । कुल संक्रमित २६ लाख १३ हजार ७८९ पुगेका छन् । मृतक १ हजार १८९जना थपिएर ९१ हजार ३७७ पुगेका छन् ।
तेस्रो भारतमा बिहीबार अहिलेसम्मकै बढी ५४ हजार ७५० जना कोरोना संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १६ लाख ३९ हजार ३५० जना पुगेका छन् । मृतक ३५ हजार ७८६ पुगेका छन् । बिहीबार ७८३ जनाको ज्यान गएको छ । बिहीबार ३७ हजार ४२५ जनालाई निको भएको छ । यो एकै दिनको अहिलेसम्मकै सबैभन्दा धेरै हो । हालसम्म १० लाख ५९ हजार ९३ जनालाई निको भइसकेको छ ।
चौथो रुसमा ५ हजार ५०९ जना संक्रमित थपिएर ८ लाख ३४ हजार ४९९ पुगेका छन् । मृतक १२९ थपिएर १३ हजार ८०२ पुगेका छन् ।
पाँचौं स्थानको दक्षिण अफ्रिकामा ११ हजार ४६ संक्रमित थपिएर ४ लाख ८२ हजार १६९ जना पुगेका छन् । ३१५ मृतक थपिएर ७ हजार ८१२ जना पुगेका छन् ।
छैटौं स्थानको मेक्सिकोमा ५ हजार ७५२ संक्रमित थपिएर ४ लाख ८ हजार ४४९ पुगेका छन् । मृतक ४८५ थपिएर ४५ हजार ३६१ पुगेका छन् ।
सातौं स्थानको पेरुमा संक्रमित ४ लाख ६८३ जना पुगेका छन् । मृतक १८ हजार ८१६ पुगेका छन् ।
आठौं चिलीमा ३ लाख ५१ हजार ५७५ संक्रमित पुगेका छन् । मृतक ९९ थपिएर ९ हजार ३७७ पुगेका छन् ।
नवौं स्पेनमा २ हजार ७८९ संक्रमित थपिएर ३ लाख ३२ हजार ५१० पुगेका छन् । मृतक २ थपिएर २८ हजार ४४३ पुगेका छन् ।
दशौं बेलायतमा ८४६ संक्रमित थपिएर ३ लाख २ हजार ३०१ पुगेका छन् । मृतक ३८ थपिएर ४५ हजार ९९९ पुगेका छन् ।